न गुमाउन चाहन्छु,न त पाउन चाहन्छु
बस तिमिलाइ मनमा सजाउन चाहन्छु

माया गरेपछी पाउनै पर्छ, स्वार्थ थियो
त्यही स्वार्थ लाई म, भत्काउन चाहन्छु

आफ्नै संसारमा तिमी, रम्दै गरेको हेर्दै
मेरो मनमा पनि खुसी,बनाउन चाहन्छु

तिम्रो सपनाको महलमा, सजिनु तिमी
म झुप्रोको प्वालबाट,चिहाउन चाहन्छु

Comments

Popular posts from this blog