चाहन्थे म मुटु भरिको माया दिन तिमीलाई
तर तिमीले बुझ्न सकेनौ पबित्र प्रेमलाई
एकपल्ट सोचेर हेर कति पीडा भयो मलाई
जब तिमी आफै रोज्दै थियौ अरू कसैलाई
आज पनि तिम्रै प्रतिक्षामा छु हृदयको ढोका खुलाई
मर्नु परे मरि दिन्छु तर प्रेम गर्न सक्दिन अरू लाई.............
Comments
Post a Comment