प्रकृतिले अचम्मकै भाइरस टिक्ने बनायो
घरघरमा पुराना फोटाहरू झिक्ने बनायो
बाध्य छ सरकार लकडाउन गर्न रत,
पसलका पुराना सामान बिक्ने बनायो
बस्नै सकिन्न पाखामा,भनि शहर पस्नेका, 
सन्तानलाई गोरेटो हिड्न सिक्ने बनायो
धाक र धकु मात्र देखाउनेलाई पनि, 
ढिकिमा पिस्नु, खसेको दाना टिप्ने बनायो!

Comments

Popular posts from this blog