यि शब्दको खंजर बाट, रेटिन नआउनु
फेरि अब याद देखि, लखेटिन नआउनु
मैले!बाटो बिराएरै, आफु लाई पाएको
बिन्ती तिमी गोरेटोमा, भेटिन नआउनु
यो छाती, खुल्ला आकाश, बगिरहन्छ
ताराहरु बनेर तिमी, समेटिन नआउनु
नजिक नहुनु, मलाई; प्यार हुन सक्छ
घृणित यो अंगालोमा लपेटिन नआउनु
Comments
Post a Comment